
१५ फागुन, काठमाडौं । प्रतिनिधिसभाका ११ सदस्यले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । संघीय संसद सचिवालयका अनुसार समयमा सम्पत्ति विवरण नबुझाउनेमा जेष्ठ सदस्य पशुपतिशम्शेर जबरा समेत छन् ।अजयकुमार चौरसिया, उदयशम्शेर जबरा, टेकबहादुर गुरुङ (निलम्बित) वर्षमान पुन, मनोरमा शेरचन, महिन्द्र राय यादव, मेटमणि चौधरी, मोहनबहादुर बस्नेत, राजकुमार गुप्ता र लक्ष्मी महतो कोइरीले पनि सम्पत्ति विवरण बुझाएका छन् ।
भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण बुझउनु पर्ने व्यवस्था छ ।
यसरी विवरण नबुझाएमा ५ हजार जरिवाना हुनेछ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता व्यक्तिको सम्पत्ति शंकास्पद मानेर छानबिन गर्न सक्नेछ ।