पर्सा क्षेत्र नं. ३ मा जनता समाजवादी पार्टी को उम्मेदवारी शुन्य, विधायक मा भने दिए उम्मेदवारी

नेपाल राजनीति

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्सा क्षेत्र नं. ३ मा मधेस को लागी सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल जनता समाजवादी पार्टी को उम्मेदवार चुनावी मैदानमा देखिने छैनन् । गत चुनाव मा उक्त क्षेत्र बाट जनता समाजवादी पार्टी ले जितेको थियो।

गठबन्धनबीच भएको भागबण्डामा प्रतिनिधिसभा टिकट अन्य दलले पाएपनी आसन्न निर्वाचनमा उम्मेदवारी दिनबाट जनता समाजवादी पार्टी बञ्चित हुने भएको हो । भागबण्डा संगै प्रदेशसभा (ख) को भने पाए पनी  प्रतिनिधिसभा मा अन्य दल उत्साहका साथ मनोनयन दर्ता गरेपनि जनता समाजवादी पार्टी कार्यकर्ता भने निराश देखिएका छन् ।

गठबन्धनबीचको सहमतीअनुसार पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा नेकपा एमाले, प्रदेशसभातर्फ ३(क) मा नेकपा एमाले र ४(ख) मा भने जनता समाजवादी पार्टी नेपालका डा. मधु गुप्ता ले उम्मेदवारी दिएको छन् । सीट बाँडफाँडमा अन्य दल हावी भएपछि जनता समाजवादी पार्टी उम्मेदवार विहिन अवस्थामा पुगेको हो ।

क्षेत्रमै उम्मेदवारी दिनबाट बञ्चित भएपछि जनता समाजवादी पार्टी नेताकार्यकर्ता रुष्ट देखिएका छन् । नेतृत्व तहले कार्यकर्ताको भावना विपरित निर्णय गरेको भन्दै कार्यकर्ताले नेतृत्वतहको चर्को आलोचना समेत गरिरहेका छन् ।

प्रमोद जैसवाल ले दिए स्वतन्त्र उम्मेदवारी

प्रमोद जैसवाल ले निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ ( क) मा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *