
जिवनका अधिकांस समय अध्ययन अनुसन्धान र सामाजिक सेवामा व्यतित गर्ने सानै देखी को देश को लागी केही गर्नुपर्छ भन्ने सोचको राख्ने, व्यवसायिक तवरले मुलुकको सर्वाड्डीण समृद्धिमा विज्ञताको योगदान समर्पित गर्न बौद्धिक युवाहरुको मञ्च “राष्ट्रिय स्वतन्त्र पार्टी”,को गोलकार भित्रको घण्टी चुनाव चिन्ह बाट प्रतिनिधि सभा सदस्यका लागी मंसिर ४ गते हुने निर्वाचनमा, निर्वाचन अधिकृतको कार्यालय पर्सा जिल्ला क्षेत्र नं. ३ बाट प्रत्यक्ष तर्फको उम्मेदवारी दिदै अशोक कडेल।

पोखरीया नगरपालिकाका १ देखी १० (३ बाहेक) वडा, बहुदरमाई नगरपालिका १,५,७,८,९ वडाहरु , सखुवा प्रसौनी गाउँपालिका १ देखी ६ सबै वडाहरु पकाहा मैनपुर गाउँपालिका १ देखी ४ सबै वडाहरु, बिन्दवासीनी गाउँपालिका को १ देखी ५ वडाहरु, जगरनाथपुर गाउँपालिका को ६ नम्बर वडा र पटेर्वा सुगौली गाउँपालिका, १ देखी ५ वडाहरुका सम्पुर्ण को साथमा ९०,५३२ जना मतदाता रहेको पर्सा जिल्लाको क्षेत्र नं. ३ को राजनीतिलाई व्यापार बनाइरहेको बेला मा राजनीति सेवा हो भनेर चिनाउन को निम्ती अहिलेको समयमा देशमा गतिशील नेतृत्वको आवश्यकता भएको बेला मा सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्ने तथा सामाजिक न्यायमा आधारित समाजवाद उन्मुख आर्थिक तथा सामाजिक आधार तयार गर्ने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा आएको छ । वर्तमानका आकाङ्क्षा पूरा गर्न तथा आगामी पुस्ताको भविष्य सुनिश्चित गर्नका लागि यस क्षेत्रको सामाजिक, आर्थिक र भौतिक विकास अपरिहार्य रहेको भन्दै उम्मेदार दिएको कडेल बताउनुहुन्छ।


