पुर्व-शिक्षामन्त्री चित्रलेखा यादव अष्ट्रेलिया, न्युजिल्यान्ड को राजदूत बन्दै

घटना

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिश गर्नुभएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आइतबार बालुवाटारमा भएको भेटको क्रममा यादवको नाम सिफारिश दिनुभएको हो । पार्टी सभापति देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भैसक्नुभएको छ । उहाँ पार्टीको कोषाध्यक्षको जिम्मेवारीमा पनि पुगेसक्नुभएको नेतृ हो ।

२०७९ को निर्वाचनमा भने उहाँ जसपा, नेपालका राजकिशोर यादवसँग पराजित हुनुभएको थियो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यादवको नाम राजदूतमा सिफारिश गर्ने बताइएको छ । यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिश भएको थियो । तर, उहाँमाथि यसअघि इजरायलको राजदूत हुँदा लगेको सहयोगी फिर्ता नगरेको आरोप लागेपछि सरकारले आँफै नाम फिर्ता लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *