फेसबुकमा बालेन र सम्पाङबीच घोचपेच

समाचार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच फेसबुकमा घोचपेच भएको छ।धरानका मेयर सम्पाङले सामाजिक सञ्जालमा काठमाडौंलाई लक्षित गर्दै स्टाटस लेखेपछि काठमाडौंका मेयर शाहले जवाफ फर्काएका हुन्।

सम्पाङले बुधबार साँझ फेसबुकमा लेखेका छन्, ‘जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ! कम्से कम काम त शुरु गरे!  उनको स्टाटसमा बालेनले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘हो नि ‘ तपाईँकै लौरो चुनाव चिह्न लिएर त मैले चुनाव पनि त जितेको हो नि!’

केहीदिन अघि काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोर देखेर श्रमदमन गर्न मन लाग्यो भन्ने। उनी यतिबेला धरान फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *