फ्राइडे रिलिजः हलमा अदितीको बाबरीसँगै दुई विदेशी फिल्म

नेपाल कला

आज शुक्रबारदेखि हलमा तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन्।सुरेन्द्र पौडेल निर्देशित फिल्म बाबरीसँगै दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेल्वन– पिएस १’ र बलिउड फिल्म ‘विक्रम बेधा’ प्रदर्शनमा आएका हुन्।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म बाबरीमा धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका छ। फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङलगायतका कलाकारको अभिनय छ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन्। सुष्मा गुरुङ सह–निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन्।

मणिरत्नम निर्देशित फिल्म ‘पिएस १’ मा ऐश्वर्या राय बच्चन, चियान विक्रम, जयराम रवि, सरथकुमार, प्रभु, अश्विन काकुमानद, शोविता धुलिपललगायत कलाकारको अभिनय छ। फिल्म १९५५ को कल्की कृष्णमूर्तिको उपन्यास ‘पोन्नियन सेल्वान’ आधारित छ।

गायत्री पुष्कर निर्देशित ‘विक्रम बेधा’मा ऋतिक रोशन, सैफअली खान र राधिका अप्टेलगायतको अभिनय छ। फिल्ममा प्रहरी र अपराधीको भूमिकामा ऋतिक र सैफबीच हुने टक्कर देखाइएको छ।यो सन् २०१७ मा रिलिज भएको चर्चित तामिल फिल्म ‘विक्रम वेधा’को रिमेक हो। तमिल फिल्म ‘विक्रम वेधा’मा अभिनेता आर माधवान र विजय सेतुपतीको मुख्य भूमिका थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *