बंगलादेशमा भएको सनातन हिन्दुधर्माबलम्वी माथी अराजक दुष्कर्मको निन्दा गर्दै संस्कृत छात्र परिषद द्वारा सार्वजनीक अपील

कला

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनको आडमा सनातन हिन्दुधर्माबलम्वी माथी अराजक दुष्कर्मको निन्दा गर्दै संस्कृत छात्र परिषद द्वारा मानव अधिकार को रक्षा गर्न सार्वजनीक अपील गरेका छन्। 

अध्यक्ष आचार्य पं प्रकाश पाण्डे र सचिव आचार्य पं गोविन्द दाहाल द्वारा विज्ञप्ति निकालीएको हो। 

उक्त विज्ञप्तिमा लेखिएको छ

बंगलादेशमा चलिरहेको आरक्षण विरोधी आन्दोलनको आडमा सनातन हिन्दुधर्माबलम्वी बंगलादेशी नागरिकमाथी भएको अमानवीय अराजक दुष्कर्मको श्रीपरमानन्द संस्कृत छात्र परिषद (कला संरक्षण विभाग) घोर निन्दा गर्दछ। अल्पसंख्यक हिन्दु सनातन परपिवारमाथी भैरहेको दुष्कर्म तत्काल बन्द गराई धार्मिक सद्भाव कायम गरी मानव अधिकार को रक्षा गर्न बंगलादेश लगायत मुस्लिम धर्मगुरू मानवअधिकारवादी, राष्ट्रिय / अन्तराष्ट्रिय संगठन, वर्तमान सेनाप्रमुख तथा संयुक्त राष्टसंघ संग अनुरोध गर्दछौ।

अध्यक्ष आचार्य पं प्रकाश पाण्डे

सचिव आचार्य पं गोविन्द दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *