
पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ
जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले छापामारी गरेर पूर्व वडा अध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरीशंकर चौधरीलगायतलाई पक्राउ गरिएको हो
पर्सागढी नगरपालिका ३ बढनियार स्थित भागवत साहको घरबाट नगद र ताससहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। १ लाख २८ हजार १ सय ४० रुपैयाँ र ४ बुक ताससहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए


