बस्नु भन्दा पक्राउ परेका सुरक्षा गार्डलाई भेटे रवि लामिछानेले

नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा पक्राउ परेका सुरक्षा गार्डलाई भेटेका छन्।सोमबार प्रहरी वृत्त दरबारमार्ग पुगेर लामिछानेले मन्त्री श्रेष्ठलाई लाइनमा बस्नु भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरूङसँग भेटेर कुराकानी गरेका हुन्।

गत शुक्रबार काठमाडौंको ठमेलस्थित छाया सेन्टरको भिएसएफमा मन्त्री श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्ड गुरूङलाई पक्राउ गरेको हो।

लामिछानेले प्रहरी वृत्त दरबारमार्ग पुगेर गुरूङलाई धन्यवाद दिएका हुन्।‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु, कानून सबैलाई बराबर हुन्छ,’ उनले भने।शेरजंगले आफ्नो आवाज ठूलो भएको हुनसक्ने तर दुर्व्यवहार भने नगरेको बताएका छन्।

गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो,’ गुरूङको भनाई उदृत गर्दै लामिछानेले लेखेका छन्।यसमा सत्यता भए उनलाई रिहा गर्नुपर्ने बताएका हुन्।

यदी उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्,’ उनले भने।गुरूङमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको छ। उनलाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *