बागलुङको जैमिनीमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

घटना

बागलुङ : बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। 

जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पीकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केशव थापाले बताए।  उनका अनुसार एक जना घाइते भएका छन्।

जीप सडकदेखि करिब एक सय मिटरभन्दा तल खसेको प्रहरीले जनाएको छ। घटनामा मृतकको पहिचान खुलिसकेको छैन। घटनाको विषयमा थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *