बाग्लुङ : ताराखोला गाउँपालिकाका किसानलाई जति खेती गर्याे उति धेरै प्रोत्साहन भत्ता

नेपाल घटना

बाग्लुङ – बाग्लुङको ताराखोला गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ ।

पालिकाले किसानलाई बढीभन्दा बढी क्षेत्रमा खेती गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न किसान प्रोत्साहन कार्यक्रम ल्याएको ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिनुभयो ।

यो कार्यक्रमअन्तर्गत किसानले जति धेरै जमिनमा खेती गर्छन्, उति धेरै प्राेत्साहन भत्ता उपलब्ध गराउने उहाँको भनाइ छ । किसानले बाँझो जमिनमा खेती गरेबापत गाउँपालिकाले प्रतिरोपनी दुई हजार रुपैयाँ उपलब्ध गराउने छ  । बसाइँसराइले पालिकाभित्र रहेका खेतीयोग्य जमिन बाझिँदै गएपछि गाउँपालिकाले यो योजना ल्याएको हो ।

ताराखोला क्षेत्रमा पहिले पनि परम्परागत शैलीबाटै खेतीपाती हुँदै आएको छ । किसानलाई आधुनिक प्रविधिसँग जोड्न र कृषिलाई यान्त्रीकरण गर्नतर्फ पनि गाउँपालिकाले जोड दिएको छ । गाउँपालिकाले जिल्लामै पहिलोपटक जैविक कृषि बगैँचासमेत सञ्चालन गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *