बारामा प्रहरी र डाँका समूहबीच भिडन्त

घटना

बारा – बारामा प्रहरी र डाँकाबीच भिडन्त भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँकाकाे समूह र प्रहरीबीच गएराति झन्डै साढे १२ बजे भिडन्त भएको हो।

उद्योगमा डकैती गर्न डाँकाहरुको समूह आएको सूचना पाएपछि पुगेको वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कमल बहादुर शाही नेतृत्वको प्रहरी टोलीसँग भिडन्त भएको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी गराउनुभयो ।

डाँकाहरुको समूहबाट एक राउन्ड र प्रहरीको तर्फबाट तीन राउन्ड गोली चलेको प्रहरी उपरीक्षक बोगटीले बताउनु भयो   । डाँकाहरुको रड प्रहारबाट वरिष्ठ प्रहरी नायब निरीक्षक शाही घाइते हुनुभएको छ । उहाँको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको छ ।

प्रहरीले दुईजना डाँकालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट तीन राउन्ड गोली, एक थान भरुवा बन्दुक र एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *