
बारा क्षेत्र नं. ४(क) तर्फ प्रदेशसभा सदस्यमा जीतपुरका सन्तोष कुशवाहाले उम्मेदवारी दर्ता गराए लगतै घरदैलो अभियान सुरु भइसकेको छ।

जितपुर सिमरा वडा नम्बर ७ मा घरदैलो गर्दै कार्यक्रम को सुरुवात गरेका छन। कुशवाहाले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

लौरो चुनाव चिन्ह रहेको उक्त राजनीतिक दलबाट उम्मेदवारी दर्ता गर्नुअघि कुशवाहाले जीतपुर र सिमरामा ठुलो जमात क को साथमा र्याली निकालेका थिए । कुशवाहा २७ वर्षीय युवा व्यवसायी हुन् ।


