बारीमा झार मार्ने विषादी छर्न गएका अनुप पौडेल आइतबार मृत फेला

घटना

भरतपुर । बारीमा झार मार्ने विषादी छर्न गएका भरतपुर–५ कल्याणपुरमा एक व्यक्ति आइतबार मृत फेला परेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार तनहुँ जिल्ला घर भई हाल भरतपुर–४ कल्याणपुरमा डेरा गरी बस्ने वर्ष ५० का अनुप पौडेलले सोही स्थानमा बस्ने पवन श्रेष्ठको बारीमा झार मार्ने विषादी छर्न गएका थिए । विषादी छर्न गएको केही समयपछि जग्गा धनि पवन गई हेर्दा पौडेल मृत अवस्थामा भेटिएका हुन् ।

घटनापछि प्राप्त सूचनाका आधारमा पुगेको वडा प्रहरी कार्यालय नारायणगढको प्रहरीको टोलीले शव पोस्ट मार्टमको लागि भरतपुर सरकारी अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *