बिकन माध्यमिक विद्यालय द्वारा २९ औ वार्षिकोत्सव कार्यक्रम सुसम्पन्न 

नेपाल


माघ २८ बिरगंज । बिकन माध्यमिक बिधालयले २९ औ बार्षिकोत्सवको अवसरमा आज शनिवार बिधालय प्राङ्गण बिरगंज -४ मा एक कार्यक्रम को आयोजना गरि मनाएको छ । बिकन बिधालयका संचालक प्रकाश उपाध्याय को अध्यक्षता एवं बिरगंज उपमहानगरका उपमेयर इम्तियाज आलम को प्रमुख आतिथ्यमा सपन्न भएको हो । बार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले पानसमा बत्ति प्रज्वल्लन गरेर कार्यक्रमको समुउद्घाटन गर्नु भएको थियो।
उद्घाटन कार्यक्रम पश्चात बिकन स्कुलका प्रधानाध्यापक प्रकाश उपाध्यायले स्वागत मन्तव्य राखि कार्यक्रमको सुचारु गर्नु भएको थियो जसमा बिधालयका छात्रछात्राहरुले विभिन्न साँस्कृतिक प्रस्तुति एवं शैक्षिक प्रर्दशनी समेत गरेका थिए । बिकन माध्यमिक विद्यालय का प्रधानाध्यापक प्रकाश उपाध्यायले वार्षिकोत्सव कार्यक्रममा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम एवं अतिथिहरुलाइ मायाको चिनो भेट गरेका थिए ।
प्रमुख अतिथी आलमले विधार्थीहरुले बनाएको बिभिन्न किसिमको शैक्षिक बस्तुहरु को अवलोकन गर्दै भने “आजका विधार्थी भविष्यका कर्णधार हुन र विधार्थीले नै देश निर्माण र समाज निर्माण गर्ने भोलिको कर्णधार हुन तथा अब शिक्षालयहरुले प्राविधिक एवं व्यवहारिक शिक्षामा जोड दिनुपर्दछ ” भनि जोड दिँदै बिकन बिधालयले बिगत लामो समयदेखी समाजको शैक्षिक एवं सामाजिक क्षेत्रमा हासिल गरेका उपलब्धीहरुको खुलेर प्रसंशा पनि गरेका थिए।
उक्त बार्षिकोत्सव कार्यक्रममा बिशिष्ट अतिथि बिरगंज महानगरपालिका वडा ४ का वडाअध्यक्ष जगत साह कानु, बिरगंज महानगरपालिका वडा ३ का वडाअध्यक्ष बैजुलाल स्वर्णकार,बिरगंज महानगरपालिकाका कर्मचारी कमल महतो, उप-प्रमुखका स्वकिय सचिव शेष हजरा,बिद्यार्थी नेता धर्मराज यादव ,सन्चारकर्मिहरु नेहाल खान ,राहुल गुप्ता लगायत बिधालयका छात्रछात्राहरु, अभिभावकहरु,स्थानीय अग्रज, महिला,युवाहरुको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *