भन्सार छलीका ४७ लाखभन्दा बढीको सामाग्रीसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

घटना

वीरगञ्ज, १२ भदौ ।  जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ४७ लाखभन्दा बढी मूल्य बराबरको सामाग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ ।बिलविजकभन्दा बढी सामाग्री बोकेको सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर सडकखण्डबाट सामाग्री बरामद गरेको हो ।

चेकजाँचको क्रममा बिलबिजक शंकास्पद देखिएपछि ना.२ ख ९००४ नम्बरको मालवाहक ट्रकबाट ४७ लाख २४ हजार ८ सय ९० रुपैयाँ बराबरको लत्ताकपडा तथा खुद्रा सामाग्री नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए ।

डिएसपी गिरीका अनुसार बरामद सामाग्रीलाई ट्रकसहित आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *