भष्टचार  मा फस्दै स्थानीय सरकार, ठोरी गाउँपालीका मा ८ लाख को पर्खाल सामाजिक सञ्जाल मा भाईरल

ब्लग फोटो फिचर विज्ञान/प्रविधि

विकासलाई दुर्त गती मा लगी सुन्य भष्टाचार का काम गर्ने गराउनको लागी गठन भएको स्थानीय सरकार अहीले व्यापक भ्रष्टचारमा फसेको छ।   कुनैपनी स्थानीय निकायहरू चोखो नभएको बेलामा सम्पूर्ण जिम्मेवारी पालिकालाई दिनु पनी एक किसीमको सरकारले भ्रष्टाचारलाई प्रोत्साहन दिन खोजीएको हो की  भन्ने अनुमान  सजीलै लगाउन सकीन्छ ।

पर्सा जिल्लाको ठोरी गाउँपालीका वडा नं. 04 विशाल चोक मा रहेको विजयबस्ती स्कुल को खेलकुद मैदान  को लागी छुट्‌याएको जग्गामा लगाएको पर्खालले अहिले सामाजीक सञ्जाल तातेको छ । पूर्वसचीव भीम उपाध्यायले को फेसबुक पेजमा उन्त फोटो हाले पछी समाजीक सञ्चाल हल्लेको हो।

यस विषयमा विभीन्न निकाय हरु माथी प्रश्न गरी खोजमुलक पत्रकारिता लाई निरन्तर दिदै बेस 24 समाचार को एक संवाद‌दाताले उक्त वडा नं.४ को वडा अध्यक्ष  मान बहादुर थीङ लाई फोन सम्पर्क गर्दा  पालीका स्तर बाट नै काम भएको हुदा म वेखबर छु भनेर पन्छिन खोजे।  तपाई को वडामा भएको कामको तपाई लाई नै जानकार नै नभई कुनै पनी  काम गर्न सकीन्छ र भन्ने प्रश्न मा उहाँ ले भन्नुभयो  यो वडाको बजेट नभई अन्य बजेट को हक मा हाम्रो मूल्याङ्कन हुँदैन भन्नुथ्यो ।

तेस्तै गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत लाई सम्पर्क गर्दा उक्त बजेट खेलकुद  पूर्वाधार विकासको लागी अहीले  ८ लाख को काम भएको र अर्को पनी ८ लाखको काम आएको जानकारी दिनुभयो। भने बाकी केही भन्न नमील्ने बताउनुभयो। उता गाँउपालीको को इन्जिनियर सुनील को अनुसार 88 फीट लम्बाइ १४ फिट उचाई पर्खाल को ईस्टिमेट रहेको उक्त प्रोजेक्ट को वेदीका निर्माण सेवा को खगेन्द्र श्रेष्ठ ले कोटेशन बाट ठेक्का लिईएको बताउनुहुन्छ।       

अनुगमन‌को प्रमुख जिम्मेवार पाएको गाउँपालीका उपमेयर गोकुली कुमारी रेग्मी लाई फोन सम्पर्कमा जानकारी लिन खोज्दा  मैले त्यो प्रोजेक्ट को अनुगमन गरेको छैन भन्दै पन्छीन खोजे।

नेकपा एमाले बाट निर्वाचित पालीका अध्यक्ष लाल बहादुर श्रेष्ठ का अनुसार विगत लामो समय देखी माओवादी को मेयर ले निकै कम बजार मूल्य मा खनजोतको लागी ठेक्का मा दिईएको उक्त विजय बस्ती स्कूलको खेलकुद मैदान लाई सदुपयोग गरी सटर निर्माण गरी भाडा मा दीई बजार व्यवस्थापन को साथ मा नमुना  बस्ती बनाउने बताउनुहुन्छ। पालीका अध्यक्ष लाल बहादुर श्रेष्ठ को पूर्ण निगरानी मा बनेको उक्त संरचना आफैले ठेक्का दिइ बनाइएको जिकीर गर्दै, पूर्ण रूपमा 8 लाखको नै खर्च भएको दावी गर्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *