भारतीय तीर्थयात्री बोकेको जीप मकवानपुरमा दुर्घटना, १३ जना घाइते

घटना नेपाल

काठमाण्डाै – मकवानपुरमा भारतीय तीर्थयात्री बाेकेकाे जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

वीरगञ्जबाट काठमाण्डाैका लागि छुटेकाे मधेश प्रदेश ०३–००१ज०२८३ नम्बरको जीप आज बिहान इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीकाे कुलेखानी– मातातीर्थ सडक खण्डमा दुर्घटना भएकाे हाे । 

जीप आफैँ अनियन्त्रित भइ सडकबाट खसेकाे मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।  

जीप चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने २५ वर्षका अनिलकुमार शाहलाई पक्राउ गरिएकाे उहाँले बताउनु भयाे । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाण्डाै पठाइएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *