भारतीय नम्बरको चोरीको कार बेवारिसे अवस्थामा फेला पर्‍यो

घटना नेपाल

१७ माघ, वीरगञ्ज । वीरगञ्ज स्थित वाइपासमा बेवारीसे अवस्थामा रहेको भारतीय नम्बरको सुजुकी मारुती कार प्रहरीले नियन्त्रणमा लिएको छ ।

चोरी तश्करीको माध्यमले वीरगञ्ज छिरेका भारतीय नम्बरको गाडी पर्साको ग्रामिण क्षेत्रमा निर्वाध सञ्चालन भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नंं १६ को वाइपास सडकखण्डमा बेवारीसे अवस्थामा देखिएकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए ।
प्रहरीका अनुसार युपि १६ एएक्स १००३ नम्वरको भारतीय नम्बरको सुजुकी मारुती कारको मूल्य अन्दाजी ५ लाख कायमगरी थप कार्वाहीको लागि वीरगञ्ज भंसार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *