
भरद्वाज मुनि एक विशिष्ट ऋषि थिए जसलाई महर्षि भनिन्छ।। उनले त्रेतायुगमा भगवान् श्रीरामसँग दुईबार भेट गर्ने अवसर प्राप्त गरेका थिए।। पहिलो पटक चित्रकुट पर्वततर्फ जाँदा र दोस्रो पटक रावणको बध गरि लंकाबाट फिर्ता हुँदा भेट भएको थियो।। भरद्वाज ऋषिको आश्रम तीर्थराज प्रयाग नजिकै थियो र अहिले पनि विद्यमान छ।। उनका दुई पुत्री थिए।।
पहिली छोरी मैत्रेयी जसको विवाह महर्षि याज्ञवल्क्यसँग भएको थियो भने दोस्री छोरी इडविडा (इलविला) जसको विवाह पुलस्त्य ऋषिका छोरा विश्रवासँग भएको थियो।। भरद्वाज ऋषिको समयमा धेरै विज्ञानको प्रगति भएको भेटिन्छ।। विद्या वाचस्पति पं. सरस्वती “इन्द विजय” नामक ग्रन्थमा ऋग्वेदको ३६ औं सुक्तको प्रथम मन्त्रको अर्थ लेख्दै भन्नुहुन्छ, ” ऋषिहरुले तीन पाङ्ग्रे यस्तो रथ बनाएका थिए जो अन्तरिक्षमा उड्दथे।। पुराणहरुमा बिभिन्न देवी देवता, यक्ष, विद्याधर आदि विमानद्वारा यात्रा गर्दथे भनेर वर्णन गरिएको छ।। ऋषि महर्षिहरुद्वारा निर्मित तीन चक्के रथको उल्लेख ऋग्वेदको (मण्डल ४, सूत्र २५, २६) मा वर्णन पाइन्छ।।
देवताहरुका वैद्य (डाक्टर) अश्विनी कुमारहरुले पक्षी जसरी उड्ने त्रितल रथ, विद्युत रथ, त्रिचक्र रथ बनाएका थिए भनेर वर्णन गरेको छ।। त्यस्तै वाल्मीकि रामायणमा वर्णित कुवेरको पुष्पक विमान जो रावणले हरण गरेका थिए।। इण्डियन वैज्ञानिक डा. वामनराव काटेकरले आफ्नो एक सोधपत्रमा पुष्पक विमान अगस्त्य मुनिले निर्माण गरेका थिए भनेर उल्लेख गरेका छन्।। जसको आधार “अगस्त्य संहिता” को एक प्राचीन पाण्डुलिपि हो/थियो ।। त्यस्तै अगस्त्यको “अग्रियान” ग्रन्थको पनि उल्लेख गरिएको छ।।
यिनीहरुमा विमानमा प्रयोग गरिएको विद्युत उर्जाका लागि “मित्रावरुण तेज” को उल्लेख गरिएको छ।। महर्षि भरद्वाज सबै भन्दा पहिलो विमान शास्त्री हुन।। महर्षि भारद्वाजले अर्को “यन्त्र सर्वस्व” नामक ग्रन्थ पनि लेखेका थिए जसमा सबै प्रकारका यन्त्र बनाउने र तिनीहरुलाई सञ्चालन गर्ने विस्तृत वर्णन समेत गरिएको छ।। यस ग्रन्थको पहिलो प्रकरणमा प्राचीन विज्ञान विषयका २५ ग्रन्थहरुको एक सूची छ, जसमा प्रमुख अगस्त्यकृत- “शक्ति सूत्र” ईश्वरकृत- “सौदामिनी कला” भरद्वजकृत- “अशुबोधिनी, यन्त्रसर्वस्व, आकाश शास्त्र” शकटायनकृत – “वायुतत्व प्रकरण, नारदकृत – “वैश्वानरतन्त्र, धूम प्रकरण” आदि हुन।। भरद्वज मुनिले वेदरुपी समुद्रको मन्थन गरेर “यन्त्र सर्वस्व” नामको यस्तो माखन निकाले जसले विज्ञानको प्रगतिलाई अगाडि बढायो।।
भरद्वाज मुनिका ग्रन्थहरुबाट ८ प्रकारका विमान बनाउन र उडाउन सकिने पता लाग्यो।। १) शक्त्युद्गम – विजुलीबाट चल्ने विमान।। २) भूतवाह – अग्नि, जल एवं वायुले चल्ने विमान।। ३) धूमयान – ग्याँसले चल्ने विमान।। ४) सिखोद्गम – तेलले चल्ने विमान।। ५) अंशुवाह – सूर्यको किरणले चल्ने विमान।। ७) तारामुख – चुम्बकले चल्ने विमान।। ७) मणिवाह – चन्द्रकान्त , सूर्यकान्त मणिहरुले चल्ने विमान।।। ८) मरुत्सखा – मात्र वायुले चल्ने विमान।।
वैदिक सनातनी हिन्दू धर्म दर्शनका प्रकाण्ड महाऋषि भरद्वाजको विमान शास्त्रमा सयौँ प्रकारका विमान बनाउने विधि र तिनीहरुलाई उडाउने विधिको सचित्र वर्णन गरिएको पाइन्छ।। त्यसको गहिरो अध्ययन अनुसन्धान गरेर, त्यसैलाई आधार मानेर सन् १८६४ बम्बई (Bumby) मा जन्मिएका सिपकर बापुजी तलपडेले विश्वमा पहिलो पटक सन् १८९५ मा उड्ने विमान बनाएर बम्बईको चौपाटी समुद्र तटमा १५०० फिटमाथि सम्म मानवरहित विमान उडाएका थिए।। त्यसको ८ वर्षपछि उनकै विधि र भरद्वज मुनिको विमानशास्त्रलाई आधार मानेर सन् १९०३ मा अमेरिकन राइटस् दाजुभाइले मानवरहित विमान बनाएर उडाएका थिए।।


