मधेश प्रदेशमा भोली सार्वजनिक विदा

नेपाल मनोरञ्जन

वीरगञ्ज । मधेश सरकारले भोली सार्वजनिक विदा दिने भएको छ । प्रदेश राजपत्रमा उल्लेखित भोली बिहिबार १६ गते सार्वजनिक विदा हुने भएको हो । 

हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने राम नवमीको अवसरमा मधेश सरकारले प्रदेशको ८ वटै जिल्लामा सार्वजनिक विदाको निर्णय गरेको हो ।

 मधेश प्रदेशको राजधान जनकपुरधामसहित तराई मधेशमा रामनवमी धुमधामको साथ मनाइन्छ । भोली विहिबार सरकारी कार्यालयहरु बन्द रहने भएको छ । मधेश प्रदेश सरकारको राजपत्र अनुसार रामनवमी यो बर्षको अन्तिम सार्वजनिक विदा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *