महानगरका मेयरहरू भन्छन्– महानगरपालिकालाई छुट्टै ऐन बनाइदिनूस् 

समाचार

महानगरपालिकाका प्रमुखहरूले संघीय संसदबाट महानगरपालिकाहरूका लागि छुट्टै ऐन आवश्यक रहेको बताएका छन् । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरूको बैठकपछि आज संयुक्त घोषणापत्र सार्वजनिक गर्दै महानगरपालिकाहरूका लागि छुट्टै ऐनको आवश्यकता औंल्याउँदै संसदबाट ऐन जारी गर्न माग गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माण आवश्यक रहेको बताएका मेयरहरूले  महानगरपालिकाहरूका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेका हुन् । 

संयुक्त घोषणा पत्रमा काठमाडौं, ललितपुर, चितवन, वीरगञ्ज, विराटनगर र पोखरा महानगरपालिकाका मेयरहरूले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *