महा शिवरात्री को पौराणिक कथा

कला


भवानी शङ्करौ वन्दे श्रद्धा विश्वास रुपिणौ।
याभ्यां विना न पश्यन्ति सिद्धा:स्वान्त: स्थमीश्वरम्।।
पौराणिक कथा अनुसार एक दिन पार्वतीजीले भगवान शंकरसंग सोध्नु भयो ।यस्तो कुन ब्रतछ? जुन ब्रत गर्नाले मृत्युलोकका प्राणीहरुले तपाइको कृपापाउन सक्छन्? यसको उत्तरमा भगवान शिवले मां भवानीलाइ यश व्रतको विधि वताउनु भयोर यौटा शिकारीको कथा सुनउनु हुन्छ-
कथाअनुसार कुनै यौटा गाउंमा यौटा शिकारी वस्थ्यो। उसले जंगलका निर्दोष पशु पक्षिहरुलाइ मारेर ल्याएर आफ्ना परिवारको पालन पोषण गर्थ्यो। एक दिन शिकारी शिकारको खोजीमा हिंडेको थियो दिनभरि कही शिकार फेला पार्न सकेन। सिकार नलिइ घरजान भएन भनेर त्यो रात त्यहीं वनको यौटा वेलपत्रको रुख चढेर वसेर सिकार हेरेर वसेको थियो। दिनभरिको डिंडाइले थकित भएको ,भोक प्यासले व्याकुल भएको थियो। त्यो वेलको रुख मुनि शिवलिङ्ग स्थापना गरिएको रहेछ। शिकारी वेलको रुखमा चढ्ने वेलामा जुन हांगामा टेकेको थियो त्यो हांगा भांचिएर हांगाका वेलपत्र शिवलिङ्गमा परेछन् । शिकारी रुखमा चढेर वन्यजन्तुहरुलाई हेर्दै थियो त्यै वालामा यौटी गर्भिणी मृगी आइ उसलाइ देखेर उस माथि वांण चलाउन लागेको थियो, त्यो थाहा पाएर गर्भिणी मृगीले भनि हे शिकारी? ऐले म गर्भिणीछु ,कुनै पनि अवस्थामा गर्भिणी जननालाइ घात गर्न हुन्न यसो गर्नु जघन्य अपराध हुन्छ वरु म यो पेटको वच्चालाइ जन्म दिएर तिम्रो सिकार वन्न आउनेछु भनि विन्तिगरि, शिवका कृपाले उसको मनमा पनि दयाजाग्यो र उसलाइ छाडिदियो। फेरि रातको दोश्रो प्रहरमा दुइवटा वच्चा साथमा लिएर अर्की मृर्गिणी आइ ,ती माथि फेरि शिकारीले वाँण चलाउन आंट्यो तत्कालै उसले पनि विन्ति गर्दै भनि हे शिकारी?ऐले मेरा पतिदेव यी वच्चहरुलाइ चाहारा खोज्न गएका ऐले सम्म पनि फर्केका छैनन् म तिनको खोजिमा हिंडेकी हूं ।यी साना सावकहरुलाइ उनको जिम्मा लगाएर म चांडै तपाइंको शिकार वन्न आउनेछु भनेर विन्ति गरी । उसका कुरा सुनेर शिकारीको मनमा दया पलायो र तिनलाइ पनि छाडि दियो। यसै गरि तेस्रो प्रहरमा अर्की मोटी घाटी मृगी त्यै वाटो आइ त्यसलाइ देखेर शिकारीले यस्लाइत नहानी छाड्दिन भनेर वांणताक्यो उसले फेरि भनी हे शिकारी बाबू? म यतिवेला ऋतुवाट भर्खरै निवृत्त भएकीछु ऐले मेरो पतिमिलनको वेलाहो त्यसैले पतिको खोजीमा हिंडेकीछु ऐले मलाइ नमार म मेरापति संग सहवास गरेर चांडै फर्कनेछु भनि ,शिकारीले यसलाइ पनि छाडिदियो। त्यस पछि फेरि रातको चौथो प्रहरमा फेरि यौटा हट्टा कट्टा मृग आयो उसलाइ मार्छु भन्दा उसले भन्यो हे शिकारी दाइ? के तिमीले ती म भन्दा अगाडि गएका मेरा स्त्री वालवच्चहरुलाइ मार्यौ? यदि तिनलाइ मारेको भए मलाइ पनि मार हैन यदि तिनलाइ छाडेकाछौ भने मलाइ पनि छाड किन कि ती सवैलाई सहारा दिने म एक्लोहूं यदि तिमीले मार्यौ भने तिनको विचल्ली हुनेछ ती पनि मेरो वियोगमा मर्नेछन् ।त्यसैले वरु एक पटक तिनीहरु संग भेट भएर तिनिहरुलाइ संझाएर आउनेछु भनेर मृगले विन्ती गर्दा ल तं पनि भनेर छाडिदियो।यसरी 4/4 वटा शिकार हातमा आएर पनि कुनै यौटालाइ पनि उसले मार्न सकेन। त्यस पछि उसको मनले शोच्न थाल्यो आज म जस्तो निर्दयी पशुहन्ताको मनमा कसरी यस्तो दया पलाएर आयो? उसले मनमनै यही चिन्तन गर्दा गर्दै उसलाइ रातभर निद्रापरेन र उसले त्यही वेलपत्रको रुखको हांगावाट वेलका पत्ताहरु टिप्दै तलफाल्दै गर्यो। रुखवाट तल फालेका ती वेलपत्रहरु त्यै शिवलिङ्गमा परे। यत्तिकैमा विहानी भयो त्यस पछि ती मृगका वथान आएर भने ल हामी आयौं हाम्रो सिकार गर भने तर
जंगली पशुहरुको यस्तो सत्यता ,सरलता र आपसी प्रेम सद्भाव देखेर उ चकित भयो
उसको मनमा झन् दया करुणा र प्रेमले भरियो तर उसले केही भन्न सकेन।जंगली पशुहरुको यस्तो सत्यता सरलता आपसी प्रेम सद्भाव देखेर उसको मनमा आफ्ना विगतका क्रूर्र कर्मसंझेर ठूलो ग्लानी भयो ,आंखावाट आंशुझार्यो। उसको हातवाट वांण तलभुइंमा झर्यो उसले ती मृगहरुलाइ नमारेर छाडीदियो र अब आइन्दा कुनै पनि प्रकारको हिंसा नगर्ने र अहिंसाब्रत वस्ने सङ्कल्प गर्यो। यसै वेला स्वर्गका देवी देवताहरुले पुष्प वृष्टि गरे । शिकारी र मृगपरिवारले मोक्ष गति पाए भने हामीले यो पवन दिनमा प्रात:कालमा उठेर स्नान ध्यान जपतप गरि निराहार ब्रतउपवास वसी एक चित्त भइ अखण्ड विश्वका नायक भगवान शिव तथा जगन्माता पार्वतीको श्रद्धा भक्ति पूर्वक पूजा अर्चना वन्दना गर्नु पर्छ। रातमा जाग्राम वसेर भगवद् स्तुति ,वन्दना संकीर्त गर्नु पर्छ ।
शिकारीका पूर्वजन्मका कर्मलेनै उसलाइ नीचकर्म गर्न वाध्यवनायो र उसका पूर्वजन्मकै सुकृत्कर्मले फेरि उसलाइ सत्संगको संयोग मिल्यो र उसमाथि श्री हरिहरको कृपा भयो जसवाट नीचयोनी त्यागेर मोक्ष प्राप्त गर्यो।
विनु हरिकृपा सतसंग नहोइ।
विनु सत संग विवेक नहो ।, पारसमणी संग फलाम जसरि छोइयोस
, भक्त भगवान संग जसरि जोडियोस्।
जगतकामातापिता
ॐवागर्थाविव सम्पृक्तौ वागर्थ प्रतिपत्तये।
जगत:पितरौ वन्दे पार्वती परमेश्वरौ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *