
पर्सामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो सिर्सिया सुक्खा बन्दरगाहको मूल गेटमा भएको दुर्घटनामा परी १ भारतीय नागरिकको मृत्यु भएको हो ।
भारत घर भई हाल वीरगन्ज–२३ मा बस्दै आएका ३० वर्षीय सन्तोष कुशवाहाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।प्रदेश २–०३–०२० प ८७९९ नम्बरको मोटर साइकलबाट सुक्खा बन्दरगाह परिसरमा प्रवेश गर्न लागेका कुशवाहा सवार मोटरसाइकललाई ना ५ ख २२६१ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक फरार छन् ।


