यमपञ्चक ( तिहार) 

घटना

कार्तिक  कृष्णत्रयाेदशी देखि कार्तिक शुक्ल  द्वितीया सम्मका पाँच दिनलाई  यमपञ्चक   अथवा  तिहारपर्व भनिन्छ

त्यसै दिन  साँझमा  त्रययाेदशीकाे घडी पर्याे भने     अपमृत्युविनाशार्थ घरका बाहिर यमराजलाई   दीपदान गर्नुपर्दछ । 

“मृत्युना  पाशदण्डाभ्यां  कालेन श्यामया सह। त्रयाेदश्यां दीपदानात् सूर्यजः प्रीयतां  मम”

 पहिलाे दिन काकतिहार। 

यसदिन कागलाई पुजन, बलि  दिनुपर्दछ।  

     दाेस्राे दिन चतुर्दशीका दिन सूर्याेदयपूर्व तेल लगाएर स्नानगरि   चतुर्दश यमलाई  दक्षिण तिर फर्किएर  देवतीर्थले   वा पितृतीर्थले  तिलयुक्त तर्पण  गर्नुपर्दछ। 

चतुर्दशीका दिन बिहान   चार तिर बत्ती   राखेर  दीपदान   गर्नुपर्दछ।  

“दत्ताे दीपश्चतुर्दशस्यां  नरकप्रीतये मया।  चतुर्वर्तिसमायुक्तः सर्वपापापनुत्तये”

 यस दिन  कुकुरकाे पूजा गरी  भाेजन  दिनुपर्दछ।

 “द्वौ श्वानौ श्यामशवलौ वैवस्वतकुलाेद्भवौ। ताभ्यामन्नं प्रयच्छामि  रक्षेतां पथि सर्वदा”।।

यस दिन माषका पात खानुपर्दछ। 

यस दिनदेखि तीन दिन सम्म  साँझमा घर,  मन्दिर,  मठ ,बघैँचा अादि सबै तिर  दीपमालिका गर्नुपर्दछ , बत्ती बाल्नुपर्दछ।  

 चतुर्दशीका दिन  साझमा हातमा राँकाे लिएर  पितृहरूलाई मार्ग दर्शन गराउनुपर्दछ।

” अग्निदग्धाश्च ये जीवा  येप्यदग्धाः कुले मम। उज्ज्वलज्याेतिषा दग्धास्ते यान्तु परमां गतिम्।। यमलाेकं परित्यज्य  अागता ये महालये। उज्ज्वलज्याेतिषा  वर्त्म  प्रपश्यन्तु व्रजन्तु ते”।   

 कार्तिककृष्ण अौँसीका दिन बेलुका   लक्ष्मीपूजा गर्नुर्दछ ,  दीपमालिका गर्नुपर्दछ।  

 चौथाे दिन  कार्तिकशुक्ल प्रतिपदाका दिन  गाेपूजा ,  बलिपूजा   र गाेवर्धनपूजा  गर्नुपर्दछ।     लक्ष्मीर्या लाेकपालानां  धेनुरूपेण संस्थिता । घृतं वहति यज्ञार्थे  मम पापं व्यपाेहतु।। 

   पाँचौँ दिन   कार्तिकशुक्ल द्वितीयालाई  यमद्वितीया  अथवा भइटीका भनिन्छ। 

 यस  दिन यमराज र यमुनाकाे पूजा गर्नुपर्दछ । 

 “धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज। पाहि मां किङ्करैः सार्धं सूर्यपूत्र  नमाेSस्तु ते”।। 

 अष्टचिरञ्जीवीहरूकाे  पूजा गरेर दिदी बहिनीले  दाजुभाइकाे र दाजुभाइले दिदी बहिनीकाे  समेत  पूजा गर्नुपर्दछ। 

दिदी बहिनीहरूलाई  वस्त्र ,अलङ्कार र दक्षिणाहरू  दिई प्रसाद स्वरूप टीका लगाउने र दिदी बहिनीका घरमा  अथवा दिदी बहिनीले दिएकाे भाेजन गर्नुपर्दछ।

 पौराणिक ग्रन्थ अनुसार यमराजकी बहिनी यमुनाले  दाजु यमराजलाई   निमन्त्रणा गरेपछि  यमराज बहिनीका घरमा गएर  यिनै पाँच दिन सम्म  बसेर  बहिनीकाे  सत्कार ग्रहण गरी अाफुले पनि बहिनीलाई सत्कार गरेका हुँदा  त्यसैवेलादेखि याे पर्व चलेकाे हाे। यसपर्वमा देउसी र भैलाे खेलेर बडाे रमाइलाे उत्सव मनाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *