
काठमाण्डाै – यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिकाअनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुनेछ ।पूर्णिमाको तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने र त्यसपछि प्रतिपदा लाग्ने समितिले जनाएको छ ।
पूर्णिमा तिथि बिहानै सकिने भए पनि भोलि दिनभर जनै र डोरो बाँध्न मिल्ने समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो । पर्सि शनिवार प्रतिपदा तिथि नभएको र प्रतिपदामै गाईजात्रा मनाउने चलन भएकाले गाईजात्रा पनि भोलि नै मनाउनुपर्ने उहाँको भनाइ छ । पूर्णिमा व्रत भने आजै मनाउनु पर्ने पनि उहाँले बताउनुभयो । विदेशमा कार्यरत श्रमिकका लागि नेपाल सरकार र सम्बन्धित देशका सरकारले गरेका महत्वपूर्ण निर्णय, सूचना र जानकारीको लागियहाँ क्लिक गर्नुहोस


