युभेन्टसविरुद्ध किन कानुनी लडाई लड्दैछन् रोनाल्डो ?

खेलकुद

काठमाडौँ । इटालियन क्लब युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई अझै २१ मिलियन डलर नतिरे पछि यसले कानुनी झमेला निम्त्याउने भएको छ ।

सम्झौताको सर्त अनुसार युभेन्टसले रोनाल्डोलाई दिन बाँकी २१ मिलियन डलर अझै भुक्तानी नगरेपछि रोनाल्डोले कानुनी लडाई लड्ने तयारी गरेको इटालियन मिडियाहरुले उल्लेख गरेका छन् ।

कोरोना महामारीको बेला युभेन्टसको आर्थिक अवस्था नराम्रो भएपछि क्लबले रोनाल्डोलाई पछि भुक्तानी गर्ने बताएपनि अहिलेसम्म भुक्तानी नगरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

२०१८ मा रियल म्याड्रिड छोडेर युभेन्टस पुगेका रोनाल्डोले तीन सिजन खेलेपछि २०२१ मा म्यानचेस्टर युनाइटेड पुगेका थिए ।

त्यस्तै युभेन्टसकै अर्का पूर्व खेलाडी लिओनार्दो बुनुचीले पनि युभेन्टससँगको सम्झौता विवादमा कानुनी लडाईमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *