
बारा क्षेत्र नं. ४(क) तर्फ प्रदेशसभा सदस्यमा जीतपुरका सन्तोष कुशवाहाले उम्मेदवारी दर्ता गराएपछी उनी जनता माझ आफ्नो बिचार लिएर हिंड्न् थालेका छन।कुशवाहले युवाहरुलाई रोजगारि,याहाका बेथिति ,व्यवसायिका समस्यालाई मुख्य एजेन्डाका रुपमा लिएका छन। आज सिमरामा भएको युवा सङ्गको अन्तरक्रिया कार्यक्रममा सिमराका युवाहरुको समस्या बुझ्ने कोसिस गरे ।

कुशवाहले म युवाहरुको साथमा रहेको र हार जित जे भएता पनि युवाहरुलाई सहयोग गर्ने र रोजगारिको सिर्जना गर्ने बाचा गरे। कुशवाहा २७ वर्षीय युवा व्यवसायी हुन् ।
लौरो चुनाव चिन्ह रहेको उक्त राजनीतिक दलबाट उम्मेदवारी दर्ता गर्नुअघि कुशवाहाले जीतपुर र सिमरामा र्याली निकालेका थिए । कुशवाहाले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी हुन् ।


