
यौनशक्ति बढाउने औषधिको खाएर प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा सिरहामा एक युवकको मृत्यु भएको छ। वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहा एक युवककोे मृत्यु भएको हो। मृत्यु हुनेमा धनगढी नगरपालिका १० का ३२ वर्षीय पुरुष रहेको प्रहरीले जनायो। मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको थियो ।
मृतक सोमबार बिहान मात्रै मलेसियाबाट घर फर्केका थिए । सोमबार बिहान साढे ९ बजे आफू विदेशबाट आएको राहदानी देखाउँदै होटेलमा श्रीमतीसँग बस्ने भनेर होटेल बुक गरेको खुलेको प्रहरी अनुसन्धानले देखाएको छ ।
केही घण्टापछि श्रीमान सुतिरहेको भन्दै काम विशेषले ती महिला बाहिर निस्केकी थिइन्। उनी नफर्केपछि होटेल सञ्चालकले हेर्दा मृत्यु भइसकेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कोठाबाट २ वटा प्रयोग भएको कन्डमसमेत बरामद पारेको छ ।


