यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

घटना

महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले पदबाट राजीनामा दिएका छन्।

उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी कुवेर कडायतले जानकारी दिए।

महिला प्रहरी हवल्दारमाथि जेठ १९ गते यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो। उनीमाथि आरोप लागेपछि प्रहरीले छानबिन समितिसमेत गरेको थियो

समितिले उनलाई कारबाही गर्नुपर्ने सिफारिस गरेको थियो। त्यसअनुसार असार १ गते गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *