
काठमाडौं, ११ साउन —
कांग्रेसका प्रखर नेता चन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अगाडि बढाएको हस्ताक्षर अभियानको खुलेर समर्थन गरेका छन्।
लालीगुराँस डट कमसँगको कुराकानीमा नेता भण्डारीले भने, “नयाँ पार्टी र नयाँ जोश भएकाले जनतासँग प्रत्यक्ष संवाद गर्न र जनमतको आधार बलियो बनाउन रास्वपाले हस्ताक्षर अभियान चलाउनु स्वाभाविक हो। जुनसुकै पार्टीले आफ्ना रणनीति बनाउन पाउँछ, यसमा विरोध गर्नु आवश्यक छैन।”
भण्डारीले वर्तमान दलहरूबाट जनतामा निराशा फैलिएको बताउँदै चेतावनी पनि दिएका छन्, “अहिलेको नेतृत्वले गर्ने गल्तीहरू इतिहासले माफ गर्ने छैन, र नयाँ पुस्ताले ती गल्ती गर्नेहरूलाई सजिलै छाड्ने छैन।”
उनको यस्तो अभिव्यक्तिले सत्तापक्ष र परम्परागत दलहरूमाथि गहिरो प्रश्न उठाएको छ भने लामिछाने नेतृत्वको अभियानले थप नैतिक समर्थन पनि पाएको देखिन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार चन्द्र भण्डारीजस्ता अनुभवी नेताबाट प्राप्त समर्थन रास्वपाका लागि ठूलो प्रेरणा बन्नेछ, जसले आगामी राजनीतिक समीकरणहरूलाई नयाँ दिशा दिन सक्छ।


