रवि लामिछाने पक्राउविरुद्ध पर्साको बिरगंजमा र बारा मा पनी  प्रदर्शन

सबै

पर्सा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको भन्दै पार्टीका नेता–कार्यकर्ताहरुले प्रतिशोधको राजनीति बन्द गर्नुपर्छ भन्दै मरेको सरकारको लास बनाई विरोध प्रदर्शन गरेका छन्।

शनिबार पर्साको बिरगंजमा भेला भई पार्टीका नेता–कार्यकर्ताहरुले पार्टी सभापति लामिछाने पक्राउ परेकोमा विरोध जनाएका हुन्।

प्रदर्शनकारीहरुले ‘सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने, भाटभूटानी सरकार मुर्दावाद, सरकार मर्‍यो, जनतालाई जुठो पर्‍यो’लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए।

रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको प्रतिवेदनले दोषी नदेखाए पनि अदालतको अनुमतिपछि प्रहरीले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो।

उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *