
महारानी एलिजाबेथको निधन पस्चात धेरै कुरामा परिवर्तन हुने भएको छ ।। ७० वर्ष देखि शासन गरिरहेकी रानीको निधन भएपछि औपचारिक र प्रशासनिक रुपमा धेरै क्षेत्रमा परिवर्तन आउने छ । बेलायतमा यस्तो प्रभाव देखिएता पनि न्युजिल्याण्डमा भने त्यती धेरै परिवर्तन तत्काल हुने छैन । रानीको नाम र तस्बिर अंकित बैंक नोट, पासपोर्ट, राष्ट्रिय गान र अदालतमा परिवर्तन आउने छ । रानीको तस्बिर अंकित न्युजिल्याण्डमा २० डलरको नोट प्रचलनमा छ त्यस्तै केही सिक्कामा पनि महारानीको तस्बिर छापिएको छ ।
अन्तरिक मामला विभागका अनुसार रानीको तस्बिर अंकित बैंक नोट र सिक्का अझै केही वर्ष चल्ने छन् । विभागले बजारमा रहेको र स्टकमा छापिईसकेको नोट सकिन केही वर्ष लाग्ने उल्लेख गरेको छ । तर अब छापिने नोटमा भने नयाँ राजा चार्ल्सको तस्बिर अंकित हुने छ । न्युजिल्याण्डमा २० डलरको नोटमा राष्ट्रप्रमुखको तस्बिर अंकित छ ।
राष्ट्रगानमा सामान्य परिवर्तन
रानीको निधन पछि न्युजिल्याण्डको राष्ट्र गानमा पनि सामान्य परिवर्तन आउने भएको छ । न्युजिल्याण्डको राष्ट्रगानमा God Save the Queen…उल्लेख छ । अब यस्लाई परिवर्तन गरेर God Save the King… बनाईने छ । १८२ वर्ष पछि न्युजिल्याण्डको राष्ट्रगान परिवर्तन हुन लागेको हो ।


