
अकल्याण्ड, न्युजिल्याण्ड – १२ जुलाई २०२५:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत प्रवासी नेपाली सम्पर्क विभाग, न्युजिल्याण्ड शाखाको पहिलो केन्द्रिय समिति गठन गरिएको छ। Zoom भर्चुअल माध्यमबाट आयोजित यो ऐतिहासिक कार्यक्रममा प्रवासी नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा रास्वपाका कार्यबाहक अध्यक्ष तथा सांसद डी.पी. अर्याल, केन्द्रीय सदस्य हरि ढकाल, अष्ट्रेलियाबाट सहभागी वर्तमान उपाध्यक्ष निराजन थापा र नागेन्द्र अधिकारी (पूर्व समन्वयक, प्रवासी नेपाली सम्पर्क विभाग – अष्ट्रेलिया), तथा सचिव पदमराज पन्थी लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन सुसन पौडेल बाट भएको थीयो र प्रारम्भिक सम्बोधन अशोक कँडेल (पूर्व संघीय सांसद उम्मेदवार) द्वारा गरिएको थियो।
रास्वपा आज किन महत्वपूर्ण?
हालको राजनीतिक सन्दर्भमा रास्वपा परिवर्तनको नयाँ सम्भावना बोकेको पार्टीका रूपमा अघि बढिरहेको छ। परम्परागत राजनीतिक शैलीबाट जनतामा निराशा छाउँदा, रास्वपाले जवाफदेहीता, पारदर्शिता र युवाको सहभागितालाई प्राथमिकतामा राख्दै नेपाली राजनीतिमा नयाँ लहर ल्याएको छ। यही सोचलाई प्रवासी नेपालीहरूमा पनि संस्थागत गर्न न्युजिल्याण्डमा प्रवासी समिति गठन गरिएको हो।
नयाँ सोच र नेतृत्वसहितको नवगठित समिति
नवगठित प्रवासी नेपाली सम्पर्क विभाग – न्युजिल्याण्डले परम्परागत शैलीभन्दा फरक रूपमा नयाँ सोच, कार्यदिशा र समावेशी नेतृत्वलाई प्राथमिकतामा राख्दै समिति निर्माण गरेको छ।
नव-निर्वाचित समिति: प्रवासी नेपाली सम्पर्क विभाग – न्युजिल्याण्ड (२०२५)
- अध्यक्ष (President): अशोक कडेल
- उपाध्यक्ष (Vice President): तिर्थ प्रसाद घिमिरे
- सचिव (Secretary): सुसन पौडेल
- कोषाध्यक्ष (Treasurer): सञ्जीव भट्ट
सदस्यहरू (Members):
- शम्सेर लामिछाने
- प्रदीप दुबाडी
- सफलता लामिछाने
- राजेश खत्री
- रोशन कार्की
- कमल क्षेत्री
- नवराज भट्ट
कार्यक्रममा नवगठित समितिको पृष्ठभूमि प्रस्तुत गर्दै अष्ट्रेलियाका समन्वयक नगेन्द्र अधिकारी र तिर्थ घिमिरेले आफ्नो अनुभूति र दृष्टिकोण साझा गरेका थिए।
त्यसपछि सचिवालयबाट पदमराज पन्थीले समितिको औपचारिक घोषणा गर्दै नव-निर्वाचित टिमलाई बधाई दिएका थिए।
नव-निर्वाचित सदस्य शम्सेर लामिछानेले धन्यवाद मन्तव्य दिँदै सबै प्रवासी नेपालीलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको समापन अध्यक्ष अशोक कडेलले गरेका थिए, जहाँ उनले प्रवासी नेपालीका मुद्दा र रास्वपाको सोचलाई विश्वव्यापी बनाउने लक्ष्य प्रस्तुत गरे।
एकताको सन्देश र भविष्यको योजना
समितिले नयाँ प्रविधि, सहकार्य र सहभागी लोकतन्त्रको अभ्यासमार्फत प्रवासी नेपालीहरूको हक, हित र आवाजलाई नेपाली राजनीतिमा प्रभावकारी रूपमा उठाउने योजना बनाएको छ।
न्युजिल्याण्डमा पहिलो पटक यसरी संस्थागत र औपचारिक रूपमा प्रवासी रास्वपाको संगठन निर्माण हुनु आफैंमा एक ऐतिहासिक कदम हो, जसले भविष्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


