
स्वतन्त्र पार्टी (रास्वपा) पर्साको क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिमा रामसुन्दर आर्य र क्षेत्र नम्बर २ का सभापतिमा फैयाज मियाँ चयन भएका छन्।
बुधबार वीरगन्ज–९ स्थित गेट वे होटलमा सम्पन्न भेलाले उनीहरूलाई सभापतिमा चयन गरेको हो।
क्षेत्र नम्बर १ मा रामसुन्दर आर्यको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। समितिमा उपसभापतिमा पम्फा गिरी र श्यामबाबु गुप्ता, सचिवमा कासिम मियाँ, सदस्यमा रामहरी उपाध्याय, बबिता कुमारी धोबी र नन्दन बानियाँ छन्।
क्षेत्र नम्बर २ मा फैयाज मियाँको नेतृत्वमा बनेको समितिमा उपसभापतिमा परितोश द्विबेदी र शान्ति ढकाल, सचिवमा किशन साह, सदस्यमा विजय यादव, अमित शाह र प्रमोद कुमार उपाध्याय रहेका छन्।
भेलामा रास्वपा पर्साका सभापति हरि पन्तले जिल्लामा शिक्षित र बौद्धिक समुदाय पार्टीमा आकर्षित हुने क्रम बढिरहेको बताए। उनले बाँकी क्षेत्रहरूमा पनि चाँडै समिति गठन हुने जानकारी दिए।
कार्यक्रममा केन्द्रीय सदस्य नन्दन यादव, नेतृ तुलसा पौडेल, प्रदेश सदस्य सबु कँडेल, मधेस प्रदेश संगठन उपप्रमुख प्रमोद रायमाझी, जिल्ला बाट सुदीश प्रजापति लगायतको सहभागिता थियो।


