
१७ साउन २०७९ काठमाडौं । राहदानी (पासपोर्ट) लिनका लागि आजदेखि अनलाइन आवेदन खुल्ने भएको छ ।राहदानी विभागले एक सूचना जारी गर्दै आजदेखि दैनिक ११ बजेबाट अनलाइन आवेदन फाराम खुल्ने भनिसकेको छ । यसअघि भने विभागले राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण नहुने तथा नयाँ राहदानीका लागि आवेदन गर्न नसकिने जनाएको थियो ।
राहदानी आफूलाई आवश्यक नहुँदाको अवस्थामा बहाल म्याद १ वर्षभन्दा कम वा बहाल म्याद समाप्त भएपनि तुरुन्त बनाउनु नपर्ने र यसरी नबनाउँदा कुनै अतिरिक्त शुल्क नलाग्ने भएकाले आफूलाई आवश्यक पर्दा मात्र राहदानी बनाउनका लागि आवेदन गर्न सकिने विभागले जनाएको हो ।


