राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा ले आज जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण पत्र बुझायको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य डाक्टर नन्दन यादव तथा पर्सा जिल्लाको संयोजक हरि पन्तको प्रमुख नेतृत्वमा भएको उक्त कार्यक्रममा सयौं मात्रामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरु उपस्थिति थिए।
संसदीय समितिद्वारा निकालिएको प्रतिवेदनमा सबैले बुझ्ने भाषामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्दोष करार गरेता पनि सरकारले नयाँ शक्तिहरूलाई दबाउनको लागि स्वार्थपूर्ण रुपमा फसाएको भन्दै प्रधानमन्त्री लाई ध्यानाकर्षण पत्र बुझाएको हो।

उक्त पत्रमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनिएको छ “ सहकारी रकम हिनामिना सम्बन्धि छानबिनको लागि गठित सहकारी संसदिय छानबिन समितिले स्पष्ट रुपमा आफ्नु प्रतिबेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति माननीय रबि लामिछानेज्यू को सहकारी रकम ठगी तथा हिनामिनामा कुनै पनि किसिमको संलग्नता नरहेको, उनले ब्यक्तिगत रूपमा कुनै पनि सहकारीबाट कुनै किसिमले रकम ऋण नलिएको, उनी कुनै पनि सहकारीको सदस्य एबम प्रबन्धक समेत नरहेको र उनले कुनै पनि सहकारीमा ऋण लिनका निमित्त फारम तथा निबेदन समेत नदिएको कुरा समेत स्पष्ट रुपमा उल्लेख हुँदा हुँदै पनि नितान्त रुपमा राजनीतिक प्रतिसोध साध्न माननीय रबि लामिछानेज्यू माथी धरकपट र थुनछेक गरिने परिस्थिति शृजना गर्न लागेको हामीले अनुभूति गरेका छौ ।
अतः सत्ता र शक्तिको दुरुपयोग गरि नेपालको विधमान ऐन कानुन विपरित गएर राजनीतिक प्रतिशोध साध्नका निम्ति यस्तो दुर्भाग्यपूर्ण अवस्था आएमा यसबाट उत्पन्न हुने सम्पुर्ण असहज परिस्थितिको जिम्मेवार नेपाल सरकार स्व्यम हुने कुराको ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएका छौ।”

