रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते

सबै

दाङबाट काठमाडौँतर्फ आउँदै गरेको तुल्सिपुर यातायात प्रा.लि.को रा १ ख २७८३ नम्बरको बस गएराति करिब १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने सैनामैना नगरपालिका- १० सालझन्डीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। सालझण्डी बजार नजिकैको पुलमा बिग्रेर रोकिएको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ।

‘दुर्घटनामा बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका छन्। जसमध्ये बसका सहचालकको अवस्था गम्भीर छ।’ घाइतेहहरुको चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।घाइतेमध्ये १९ जना उपचारपछि डिस्चार्ज भएका र बाँकी घाइतेको उपचार चलिरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *