
काठमाण्डाै – ललितपुरको बालकुमारीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
बा ५७ प ३१४३ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको जीपले ठक्कर दिँदा मोटरसाइकलका चालक काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नम्बर ८ का आशिष लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा राति ११ बजे बीएण्डबी अस्पताल ग्वार्कोमा ज्यान गएको हो ।
जीप चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


