नवलपरासी पश्चिममा विषालु सर्पको टोकाइबाट एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासीको बर्दघाट नगरपालिका- १४ की २० वर्षीया सोनिया खनाल छिन् । उनलाई शुक्रबार राति पिसाब फेर्न गएको बेला विषालु सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवरपरासी पश्चिमले जनाएको छ ।
सर्पले टोकेपछि उनलाई उपचारका लागि सुरुमा स्थानीय सरोज मेडिकलमा लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नहुने भएपछि जिल्ला अस्पताल परासी पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन्।
उपचारमा आउन ढिलाइ हुँदा युवतीलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन् ।
