वीरगन्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुरयाउने , सिंहले गरेको प्रतिबद्धता अनुसार वडा वडामा भोली देखि शुरु

नेपाल घटना ब्लग

वीरगञ्ज २५ भदौ । वीरगन्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुरयाउने उदेश्यले आइतबार देखि “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुुरु गर्दैछ ।स्थानीय तहको निर्वाचनका बेला मेयर राजशेमान सिंहले गरेको चुनावी प्रतिबद्धता अनुसार , आइतबार देखि “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुरु गर्न लागिएको हो ।

पहिलो दिन आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“को शुम्भारम्भ गरिने मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए । चुनावका बोला मेयर सिंहले गरेकाो चुनावी प्रतिबद्धता पुरा गर्न र नगरवासीको चाहनालाई मध्यनजर गर्दै “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुरूवात गर्न लागिएको घिमिरेले बताए ।

“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“मा मोबाईल स्वास्थ्य परिक्षण प्रयोगशाला र एम्बुलेन्स सहित चिकित्सक, मेडिकल अफिसर, नर्स र हेल्थ असिस्टेन्ट समेतको संयुक्त टोलीले वडा वडामा पुगेर नगरवासीलाइ आवश्यक स्वास्थ्य उपचार सेवा निशुल्क प्रदान गर्ने घिमिरेले जानकारी दिए ।“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ मा नगरवासीलाइ निशुल्क चिकित्सकीय परामर्श सेवा, निशुल्क ल्याब सेवा तथा निशुल्क औषधी पनि वितरण गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *