काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन्।
पारिवारिक स्रोतका अनुसार काठमाडौंमा गत जेठ १ गते दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका हुन्। जयवीर र शिवाना दुबै छुट्टाछुट्टै व्यवसायमा संलग्न छन्।
देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानाबीच माघमा बिहे गर्ने तयारी छ।
