संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पहिलो गासमा नै ढुङ्गा

सबै घटना

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ठाडो निर्देशन मा भएको बाराको जीतपुरसिमरा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत सरुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन आदेश दिएको छ । मापदण्ड विपरित सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले मंगलबार सर्वोच्च अदालतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विरुद्ध रिट दायर गरेकी थिईन् । सरकार फेरिए संगै उर्मिला काफ्लेलाई मन्त्रालयले सरुवा गर्दै चेतकुमार पोखरेललाई पठाउने निर्णय गरेको थियो ।

यता मेयर राजन पौडेलले सत्ता र शक्ति प्रयोग गरेर सरुवाको मापदण्ड बिपरित दुई महिना मै काफ्लेको सरुवा गरिएको भन्दै निर्णय तत्काल बदर गर्न मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पत्रचार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *