सखुवा प्रसौनी गाँउपालिकाले त्रिशुली दुर्घटनामा परेका पाँचैजनाका परिवारलाई १ लाख २५ हजार दिने

घटना

पर्सा : चितवनको सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका र मृत्यु भएका पर्साको सखुवा प्रसौनी गाँउपालिकाका ५ जनाका परिवारलाई गाँउपालिका कार्यालयले राहत स्वरूप जनही १ लाख २५ हजार  रुपैयाँ उपलब्ध गराउने भएका छन्।

गाँउपालिका अध्यक्ष यशवन्त यादवले गत शुक्रबार बिहान सिमलतालमा झरेको पहिरोले बगाएर त्रिशुली नदीमा खसेको बसमा सवार सखुवा प्रसौनी गाँउपालिकाका ४ र महुवन स्वास्थ्य चौकीमा कार्यरत १ सहित ५ जना परेको जानकारी दिँदै उनीहरूका परिवारलाई जनही १ लाख २५ हजार दिने

यस्तै एन्जल बसमै सवार सखुवा प्रसौनी गाँउपालिकाकै वडा नम्बर ३ का २२ वर्षीय रैफुल आलम र सखुवा प्रसा‌नी-५ महुवनको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सृष्टि यादवको पनि अहिलेसम्म शव फेला पर्न सकेको छैन। आलम र यादव एउटै स्वास्थ्य चौकीमा कार्यरत थिए ।

यसअघि उक्त दुर्घटना भएकै दिन गत शुक्रबार पनि खबर पाएलगत्तै गाँउपालिका अध्यक्ष यादव पर्साबाट घटनास्थल सिमलतालमा पुगेर त्यहाँ भइरहेको खोजी र उद्दार कार्यको जानकारी लिएका थिए।

यस्तै एन्जल बसमै सवार सखुवा प्रसौनी गाँउपालिकाकै वडा नम्बर ३ का २२ वर्षीय रैफुल आलम र सखुवा प्रसा‌नी-५ महुवनको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सृष्टि यादवको पनि अहिलेसम्म शव फेला पर्न सकेको छैन। आलम र यादव एउटै स्वास्थ्य चौकीमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *