सखुवा प्रसौनी गाउपालिका प्रमुख को फेसबूक मार्फत चरित्र हत्या, गाउँपालिकास्थित परिसरमै एमाले कार्यकर्ता र जसपा कार्यकर्ता बिच दोहोरो भिडन्त

घटना नेपाल

सखुवा प्रसौनी गाउपालिका प्रमुख यसवन्त यादब को व्यक्तिगत जिवन लाई लक्षित गरि  चरित्र हत्या भएको छ।  सोही पालीका बस्ने वलुवा गाउँका बुलेट नाम ले प्रख्यात दिप गिरी भन्ने ज.स.पा पार्टीको कार्यकर्ताले फेसबूकमा स्टाट्स राखेर चरित्र हत्या को प्रयास भएको हो।

उक्त घटना पछि गाउपालिका प्रमुख ले बुलेट नाम ले चिनिने दिप गिरीलाई कार्यलयमा बोलाइ सामान्य सोधपुछ गरेर १ घन्टा सम्म कार्यालय को कोठामै थुनेर राखिएको थियो। उक्त घटना पछि जसपा का कार्यकर्ताहरुले गाउँपालिकाको कार्यालय मा ढुङ्गा मुडा सहीत तोडफोड गर्न लागे पछी गाउँपालिकास्थित परिसरमै एमाले कार्यकर्ता र जसपा कार्यकर्ता बिच दोहोरो भिडन्त भएको छ।

जसमा एक एमाले को र  जसपा को एक कार्यकर्ता को टाउको मा सामान्य चोट लागेको छ। घटनालाई सामान्य बनाई इलाका प्रहरी कार्यलय पथरैयाले बुलेट नाम गरेको व्यक्तिलाइ नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *