
बाराको जितपुर देखी पश्चिम क्षेत्रको पर्सा को ठोरी जाने बाटो को मुख्य सडक जनता राजमार्ग हो ।
जितपुर देखि सिरही सम्म र रङपुर देखी माथी करीब १९ किलोमिटर सडक कालोपत्रे गरेको पाँच वर्ष भयो । तर, सडक को बिच खण्डमा पर्ने तिन वटा खोलामा पुल नहुँदा यात्रु, बिरामीसंगै सवारी चालकले, एम्बुलेन्स ले समेत सास्तै खेप्दै आएका छन् । पर्साको प्रमुख सडक मध्ये जनता राजमार्ग एक हो । पर्साको तिन स्थानीय तह ( पर्सागढी, सखुवा प्रसौनी र पटेर्वा सुगौली) सँग जोडिने यो सडक खण्डमा दैनिक हजारौ गाडीहरु कुद्छन् । हिउँदमा जेनतेन सवारी साधन चलेपनि वर्षायाममा यहाँका जनताले निकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । भने कती काम गर्न कार्यालय साथै महत्वपूर्ण काम लिएर पालीका को कार्यालय सम्म जान पाएको छैन।
देश ले बिकासको मुल फुटाउदा पनी यी सडक अन्र्तगत पर्ने बडेर्वा, मनुवा र रङपुर खोला गरी तिन वटा खोलामा पुल छैन । पुल नहुँदा बाढी आउँदा आवतजावत नै बन्द हुने गर्दछ । सवारी चालक पनि सवारी चलाउन मुस्किल हुने गरेको बताउँछन् । साथै सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराउन अपील गरीन्छ।
देशकै पुर्व मन्त्री समेत रहेको पुर्व माननीय सुरेन्द्र चौधरी को चुनाबी क्षेत्र भएतापनी आज सम्म मुख्य आवतजावत हुने पुल बन्न नसक्दा जनता हरु निराश भएको स्थानीय हरु बताउछन्। चौधरी पर्सा ३ नम्बर क्षेत्र को नेपाली कांग्रेस बाट पुर्व निर्वाचित सांसद हुन भने २०७४ मा जनता समाजवादी पार्टी बाट निलम्बित सांसद पप्पु कन्स्ट्रक्सन को हरिनारायण रौनियार हुन्।
जिल्लाका सदरमुकाम तथा स्थानीय तहको कार्यालय समेत जोड्ने हजारौं यात्रु दैनिक यात्रा गर्ने मुख्य सडकमै पुल नहुँदा समस्या जटिल बन्दै गएको छ ।



