समाजसेवी इशा गुरुङको पीडादायी बिगत :

घटना

म आलु बारीमा जन्मे ७/८ बर्ष हुदा पोखरा झरे , बगरमा पोखरा बोरा स्कुल थियो म बोरा बोकेर स्कुल जान्थे त्यहि बोरा नै मेरो स्कुलको बेन्च कुर्ची टेबुल थियो त्यहि बाट लन्च ब्रेकमा लिच्चि बयर चोरेर खाजा खाना खान्थे , कहिले काहि चिसो बासी भात तरकारी खान्थे Boarding School भनेको कहिले गएन ,टयुशन पढ्ने म आफै गिट्टी कुटथे , तिब्बतबाट आएको उन काटथे र बेच्थे , दालमोठ प्याक गर्थे, जसो तसो एस एल सि पास गरे , Prithvi Narayan Campus कानुन लिएर पढे । म बिहान कानुन पढ़थे ५ बजे उठेर कलेज जान्थे दिनमा नदिपुरमा श्रद्धा प्राइमरी स्कुल थियो त्यहा स साना नानी बाबुहरूलाइ पढाउथे ।
स्कुल सके पछि महेन्द्रपुल Beauty Salon मा काम गर्थे साझको ७ बजे सम्म घर पुग्दा आमाको गाली पनि खान्थे । बिहान देखी राती ७/८ बजे सम्म आमाले छोरीको अनुहार हेर्न नपाउदा, बेला बेला छोरीलाइ भन्ने गर्छु आमाको संघर्ष । छोरी आखा भरी आँसु टिप्लीटिप्ली गर्दै अंकमाल गर्छिन्, केहि बोल्दैन छि सोच्दै गए, कलेज सेलून स्कुल सब छाडे दौड़धूप धेरै भो, चडने साइकल सम्म थिएन । गार्हो लाग्न थाल्यो, फेरी जापनिज रेश्टुरेन्ट काम गर्न थाले । त्ससपछि Fulltime Job, त्यहि क्रममा जापान गए ।

१० बर्ष लगातार हफ्तामा १ दिन पनि बिदा नलिइ लगातार नेपाल नफर्कि काम गरे । जापानमा धेरै दुख गरे सोचे नेपाल जान्छु र बरू त्यहि पोखरामा काम गर्छु सोचे । Saleways सुप्परमार्केट देखि लेकसाइड तिर काम खोजे, कसले पत्याउनु सबैले हासेर उडाए । फेरी नेपाल बेरोज़गार भएर बस्न मन लागेन , बेलायत हिंडे। समय गएको पता नै पाएन अहिले २४ बर्ष भएछु यता कर्मथलो गरेको । जिबनमा संघर्ष धेरै गरेको छु तर सबै उतार्न कहा सकिन्छ र ? हाल म जे छु ठीकै छु समाप्त गरौँ होला यतिमै पछि के हुन्छ बाँकि जिबन कुनै दिन मुड चले फेरी प्रस्तुत गरौला …..। 😌

Leave a Reply

Your email address will not be published. Required fields are marked *