सरस्वति पूजामा एक बालिकालाई कोठामा लगेर ब-लात्कार, एक युवक पक्राउ

घटना नेपाल

सिरहामा सरस्वति पूजाकै दिन एक बालिकालाई ब-लात्कार भएको घटना बाहिरिएको छ ।

गत माघ १२ गते सरस्वति पूजाकै दिन सिरहाको सिरहा नगरपालिका वडा नम्बर ७ स्थित पूजा मनाएर घर फर्किने समयमा एक १४ बर्षिय बालिकालाई एक युवकले कोठामा लगेर ब-लात्कार गरेको प्रहरीले जनाएको छ । सो आरोपमा युवक पक्राउ परेका छन् ।

सरस्वति पूजाको दिन साँझ करिब ५ बजेको समयमा सिरहा नपा ७ स्थितबाट बालिकालाई उठाएर कोठामा लगि ब-लात्कार गरेको आरोपसहित बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि आरोपित सिरहा नगरपालिका वडा नम्बर २२ बस्ने बर्ष २४ को सँतोष यादवलाई पक्राउ गरिएको हो ।

पीडित भनिएकी बालिकाको आमाले दिएको उजुरीको आधारमा तत्कालै खोजतलास गरी यादवलाई पक्राउ गरिएको हो ।

यादव उपर जबरदस्ती करणीको मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *