सर एडमण्ड हिलारीकी पत्नी लेडी जुन हिलारीको निधन

अन्तर्राष्ट्रिय

एडमण्ड हिलारीकी पत्नी लेडी जुन हिलारीको निधन भएको छ । उनको ९२ वर्षको उमेरमा शनिबार निधन भएको न्युजिल्याण्डस्थित नेपाली अवैतानिक वाणिज्य दुत दिनेश खड्काले जानकारी दिनु भएको छ । खड्काले यस गहिरो क्षतिको समयमा परिवारमा नेपाली समुदायको तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

लेडी जुन हिलारी एक असाधारण व्यक्तित्व थिइन् जसको नेपाल र न्युजिल्याण्डमा रहेका नेपाली समुदायका लागि योगदान अतुलनीय थियो ।

दुई राष्ट्रहरू बीचको सम्बन्धलाई बलियो बनाउन उनले योगदान दिएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *