सल्यानमा जेसिबी दुर्घटना हुँदा एक जना घाइते भएका छन्। घाइते हुने शारदा नगरपालिका–१ का ३१ वर्षीय विक्रम बुढाथोकी हुन।
सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवनीप्रसाद धमलाका अनुसार घाइते बुढाथोकीको बाँकेको नेपालगञ्जस्थित नर्सिङ कलेजमा उपचार जारी छ। सोमबार राति साढे ९ बजेतिर लु १ क २३३८ नम्बरको जेसिबीले शिवजन माविको प्राङ्गणमा रहेको पर्खाल लगाउनका लागि जग खन्ने क्रममा जेसिबी ३० मिटर तल खसेको थियो।
बुढाथोकी जेसिबीले काम गरेको हेरिरहेका थिए। पल्टिएको जेसिबीले बुढाथोकीलाई च्यापेको थियो। प्रहरी निरीक्षक धमालका अुनसार बुढाथोकीको दाहिने खुट्टा, अनुहार र शरीरमा गहिरो चोट लागेका छन्।
घाइते बुढाथोकीलाई सल्यानको उपचारपछि थप उपचारका लागि बाँके रिफर गरिएको थियो। स्थानीय जेसिबी चालक प्रहरी नियन्त्रणमा छन्।
